पानीसँगै परेको चट्याङ लागेर झापामा एकको मृत्यु, दुई घाइते

झापा: झापामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ, । मृत्यु हुनेमा मेचीनगर नगरपालिका १५ ज्यामिरगढी निवासी ४० वर्षीय प्रकाश राउत रहेको प्रहरीले जनाएको छ । प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठका अनुसार शनिबार बिहान पानीसँगै परेको चट्याङ लागेर मृतक राउतका श्रीमती ३५ बर्षीया सुनिता राउत र उनका भाउजु ३६ बर्षीया मञ्जु राउत घाइते भएका हुन । दुवै जनाको भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा उपचार भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।


प्रकाशित | २३ चैत्र २०७५, शनिबार १२:४३