हङकङ : गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङले एक कार्यक्रमको आयोजना गरि ‘एनआरएनए डे’ मनाएको छ । कोभिड -१९ लाई मध्यनजर गर्दै एनसिसी हङकङले सामाजीक दूरी कायम गर्दै एक औपचारिक कार्यक्रमकाबीच ‘एनआरएन डे’ मनाएको हो ।


कार्यक्रम हङकङका लागि नेपाली महावाणिज्यदुत किरण कुमार गुरूङले उद्घाटन गर्नुभयो । कार्यक्रममा एनआरएनए आइसिसी सल्लाहकार त्रिलोक गुरूङ, आइसिसी पूर्व कोषाध्यक्ष प्रकास पुन, आईसीसी सदस्य दिलिप गुरुङ, भुपु अध्यक्ष दुर्गा बहादुर गुरुङ र हङकङ नेपाली महासंघका अध्यक्ष टंक रानालायत सहभागि हुनुहुन्थ्यो ।

एनआरएनए हङकङ अध्यक्ष राधिका गुरुङ ( टिका ) को अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव गोकर्ण ढकालले सञ्चालन गर्नुभएको थियो ।

सो अवसरमा संस्थाका उपाध्यक्ष किसन राईलाई हङकङ सरकारले “चिफ एकज्युकेटिप कमेन्डेसन फर कम्युनिटी सर्भिस’ द्धारा गरिएको सम्मानमा संस्थाको तर्फबाट बधाई ज्ञापन गरिएको थियो ।

त्यस्तै, कार्यक्रममा गत ९ अगस्टमा एसिया प्यासिफिक युवा कमिटिको आयोजनामा सम्पन्न “राष्ट्रको लागी मेरो सपना’ विषयक ‘ग्लोबल स्पिच कन्टेस्ट’ मा हङकङको तर्फबाट प्रतियोगितामा सहभागि रोजिना थापा र आर्यना राईलाई धन्यवाद सहितको प्रमाणपत्र तथा सम्मान पनि प्रदान गरिएको थियो ।


प्रकाशित | २५ आश्विन २०७७, आईतवार २०:३०