कतारमा एनआरएनको २२ औँ चरणमा पनि राहत वितरण जारी, हालसम्म ७ हजार ८ सय जनालाई राहत

दोहा : गैर आवासीय नेपाली संघ (एनआरएनए ) राष्ट्रिय समन्वय परिषद् कतारले राहत वितरण कार्य अझै जारी राखेको छ । एनआरएनए कतारले २२ औं चरणसम्म राहत विरतण जारी राखेको हो ।

गैर आवासीय नेपाली संघ कतारका अध्यक्ष मोहम्म्द मुक्तदा मुसलमानका अनुसार २२ औ चरणमा ६१४ जना नेपालीलाई राहत वितरण गरिएको हो । कोरोना महामारी शूरु भएता हालसम्म ७ हजार ८३१ जना नेपाली श्रमीकहरुलाई राहत वितरण भइसकेको छ ।

Image may contain: 8 people, people standing, shoes and indoor

कतारमा स्थापित नेपाली संघ संस्थाहरूबाट प्राप्त राहत गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारद्वारा गठित उद्धार तथा राहत वितरण समितिले गरिरहेको हो ।

कोरोना महामारीका कारण समस्यामा परेका नेपाली श्रमिकहरुलाई कतारको सरकारी संस्था कतार च्यारिटीले पहिलो चरणमा डेढ करोड रुपैयाँ बराबरको खाधान्न सामग्री उपलब्ध गराएको थियो । यस्तै ईदको अवसर पारेर दोस्रो चरणमा ९५ लाख बराबरको खाधान्न सामग्री उपलब्ध गराएको थियो ।

Image may contain: 1 person, standing

प्रकाशित | २४ आश्विन २०७७, शनिबार २१:४३