बिस्केट जात्राको चौथौ दिन :ठड्याइयो हात नभएको ५५ हात लामो लिङ्गो

भक्तपुर :भक्तपुरमा बिस्केट जात्राको आज चौथौ दिन बिहान हात नभएको लिंगो ठड्याइएको छ । तालाक्वस्थित कुमाले टोलमा हात नभएको लिङ्गो ठड्याइएको हो। जात्राको चौंथो दिन साँझ अर्थात् भक्तपुरकै भेलुखेलस्थित यसीँख्यमा ५५ हात लामो यसीँ (लिङ्गो०) ठड्याउनु अघि आज कुमाले टोलमा हात नभएको लिङ्गो ठड्याएको हो। पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाउने हात नभएको लिङ्गोको टुप्पोमा प्रसादको रुपमा हरियो घाँस र फुल राखिएको हुन्छ। यो लिंगो प्रत्येक वर्ष चैत मसान्तका दिन ठड्याउने र बैशाख ५ गतेका दिन सो ढालेपछि लिङ्गो जात्रा सम्पन्न गर्ने परम्परा रहेको छ। यसैगरी आजै भेलुखेलस्थित यसीँख्यमा ५५ हात लामो यसीँ ९लिङ्गो० ठड्याएर जात्रा मनाईँदैछ ।


प्रकाशित | ३० चैत्र २०७५, शनिबार १४:१४