सर्लाहीमा बस पल्टिएर तीन जनाको ज्यान गयो, ३१ घाइते, ४ को अवस्था गम्भीर

सर्लाही: सर्लाहीमा बस पल्टिएर तीन जनाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको लालबन्दी नगरपालिका–१, बगवानी जंगलमा आज बिहान बस पल्टिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परि ३१ जना घाइते भएको प्रहरीले जनाएको छ । काठमाण्डौंबाट पुर्वतर्फ जाँदै गरेको बा. ३ १३१८ नम्वरको बस पल्टिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ।

जोशी हाइड्रोपावर सिन्धुपाल्चोकमा काम गर्ने मजदुरहरुले रिजर्भ गरेर भ्रमणमा निस्केको बस पल्टिँएको हो। दुर्घटनामा ज्यान गुमाएका सुनसरी र मोरङ जिल्लाका रहेका प्रहरीले जनाएको छ। दुर्घटनामा अनिल उराउ, बबी उराउ र श्रीमान्त चौधरीको ज्यान गएको हो। दुर्घटना परी ३१ घाइते भएकामध्ये ४ जना अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।


प्रकाशित | १ बैशाख २०७६, आईतवार १०:४३