काठमाडौं उपत्यकामा एक सातामै १० हजार बढीमा संक्रमण, बिहीबार २ हजार ५४० थपिए

काठमाडौं : काठमाडौं उपत्यकामा एकै दिन २ हजार ५४० कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ८५ , ललितपुरमा ३२० र भक्तपुरमा १३५ जनालाई कोरोना संक्रमण देखिएको छ।

उपत्यकामा कोराना संक्रमितको संख्या ३३ हजार ७७१ पुगेको छ। काठमाडौंमा २९ हजार ३७८, ललितपुरमा ४ हजार ११ र भक्तपुरमा २ हजार ९१९ संक्रमित पुगेका छन्।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार उपत्यकामा एक सातामै १० हजार बढीमा संक्रमण देखिएको हो । उपत्यकामा जनस्वास्थ्यको नियम पालना नभएको र कोरोना संक्रमण दर उच्च रहेको भन्दै सावधानी अपनाउन आग्रह पनि गर्नुभएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३६४ जना संक्रमित भएका छन्। संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ।

संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ६७५ छ। योसँगै हालसम्म ७१ हजार ३४३ पुगेको छ। आज देशभर २६ हजार ६ सय ८४ जना सक्रिय संक्रमित छन्।


प्रकाशित | २२ आश्विन २०७७, बिहीबार १७:३२