एकै पटक पाँच शिशु शल्यक्रियाबाट निकालियो, चार जीवित

काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा २८ वर्षीया एक महिलाले एकैपटक पाँच जना शिशु जन्म दिनुभएको छ । नुवाकोटकी सोमिका तामाङले एकैपटक पाँच जना शिशुलाई जन्म दिनुभएको हो ।

अस्पतालकी निर्देशक डा. संगिता मिश्राले पाँचमध्ये चार जना जीवित रहेको जानकारी दिनुभयो । २८ हप्तामा नै एक जना बच्चा पेट भित्र मृत्यु भएको जानकारी दिनुभयो । भिडियो एक्सरे गर्दा नै थाहा पाएका थियौं कि एउटा बच्चा मरेको छ भन्ने डा. मिश्राले भन्नुभयो,“तर पेटमा पानी जमेकोले शल्यक्रिया गरेर बच्चा निकालेको बताउनुभयो । उहाँले तीनवटा बच्चालाई आमालाई दिइसकेको जानकारी दिनुयो । ती बच्चा एककेजी ६ सय ग्राम देखि एक केजी नौसय ग्रामसम्मका छन् । आठसय ग्रामको बच्चालाई भने आइसियुमा राखिएको छ ।

अस्पतालका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा। कीर्तिपाल सुवेदीको नेतृत्वमा चिकित्सक टोलीले सोमबार विहान शल्यक्रिया गरेपछि शिशुहरु जन्मिएका हुन् । डा। सुदेदीले जन्मिएका शिशुहरु जीवित चार जना छोरी रहेको बताउनुभयो ।

अहिले जीवित शिशुहरुलाई आइसीयू अव्जरभेसनमा राखिएको छ । उनीहरु सबैको स्वास्थ्य सामान्य छ । उहँले पेटमा पानी जमेकोले ३२ हप्तामा शल्यक्रिया गर्नुपरेको बताउनुभयो ।

शल्यक्रियामा डा। सुवेदीको नेतृत्वमा डा.दिप्ती श्रेष्ठ, डा।नमिता सिङदेन हुनुहुन्थ्यो भने एनेस्थेसियामा डा। मुकेशकुमार हुनुहुन्थ्यो । त्यस्तै, नर्सिङ टिमको नेतृत्व रविना प्रजापतीले गर्नुभएको थियो । आजको गोरखापत्र दैनीकमा खवर छ ।


प्रकाशित | २० आश्विन २०७७, मंगलवार ०७:२६