बालबालिकाको नाममा हुने गलत क्रियाकलाप रोक्न कडा निगरानी : मन्त्री पार्वत गुरुङ

काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बालबालिकाको नाममा गलत क्रियाकलाप हुन नदिन बालबालिकाको क्षेत्रमा कार्यरत संघसंस्थाहरुमाथि कडा निगरानी गरिरहेको बताउनुभएको छ । मन्त्री गुरुङले बालबालिकाको नाममा केही संस्थाले गलत क्रियाकलाप गरिरहेको पाइएपछि त्यस्ता गतिविधि रोक्न ती संस्थाको अनुगमन गर्दै कडा निगरानी गरिरहेको बताउनुभएको हो ।

मन्त्री गुरुङले बालबालिकाहरुको हितमा केन्द्रित भएर काम गर्ने संघ, संस्थासँग सरकार सहकार्यका साथ काम गर्न प्रतिवद्ध रहे पनि गलत क्रियाकलप गर्नेलाई नियन्त्रणमा ल्याई छाड्ने उद्घोष गर्नुभयो ।

बालबालिका शान्ति क्षेत्र नामक अभियानको भर्चुअल बैठकमा सम्बोधन गर्नुहुँदै मन्त्री गुरुङले बालमैत्री नेपाल निर्माणका लागि सरकारले १० वर्षे रणनीतिक योजना ल्याउने तयारी गरेको पनि जानकारी गराउँदै योजनाका लागि आवश्यक सुझाव दिन सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभयो ।


प्रकाशित | १२ आश्विन २०७७, सोमबार २०:३४