ब्राजिलको भेनेजुएलासंग निराशाजनक बराबरी

एजेन्सी: कोपा अमेरिका फुटबलमा ब्राजिलले भेनेजुएलासंग बराबरी खेलेको छ । बुधबार बिहान भएको खेलमा ब्राजिलले भेनेजुएलासंग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो । पहिलो हाफमा ब्राजिलले पटक–पटक गोलका अवसर बनाए पनि उसले भेनेज्वेलाको रक्षापंक्ति तोड्न सकेन । त्यसपछि दोस्रो हाफमा पनि ब्राजिलले सुरुबाटै आक्रामक खेल खेल्यो ।

ब्राजिलले दोस्रो हाफमा २ गोल गरे पनि भिएआरबाट २ वटै गोल रद्द गरिएको थियो । १ गोल अफसाइड थियो भने १ गोलमा फउल भएको थियो । त्यसअघि र पछि निकै प्रतिस्पर्धात्मक खेलमा भेनेज्वेलाले उत्कृष्ट रक्षात्मक खेल खेल्दा ब्राजिल निराश बन्यो ।

यो बराबरीपछि पनि ब्राजिल कूल ४ अंकसहित समूह ‘ए’को शीर्ष स्थानमा छ । ४ अंक नै भएको पेरु दोस्रोमा छ भने ब्राजिलसँग पराजित भेनेज्वेला २ अंकसहित तेस्रोमा छ भने बोलिभिया अन्तिम खेल बाँकी छँदै प्रतियोगिताबाट आउट भएको छ ।

ब्राजिल, पेरु र भेनेज्वेला ३ वटै टिमको अन्तिम आठमा जाने टुंगो अब अन्तिम खेलबाट मात्रै लाग्नेछ । अंकगणितीय रूपमा अब यी ३ वटै टिमको क्वार्टरफाइनल पुग्ने सम्भावना बाँकी छ ।


प्रकाशित | ४ असार २०७६, बुधबार ०८:५५