जनजातीको समर्थन लिएर सूर्य लम्सालले गरे एनआरएनए अमेरिकाको अध्यक्ष पदमा उम्मेदवारी दर्ता

अमेरिका : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको अध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्नुभएको सूर्य लम्सालले जनजातीको समर्थन पाउनुभएको छ । अमेरिकामा रहेका जनजातीको समर्थन लिर्दै लम्सालले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्नुभएको जनाइएको छ । एनआरएनए अमेरिकाको २०१९–२१ को नेतृत्वका लागि अध्यक्षमा लम्सालले बिहीबार बिहान उम्मेदवारी दाखिला गर्नुभयो ।

नेपाली जनसम्पर्क समिति अमेरिकाको बैठकमा सुनिल साहको टिमले जनजातीलाई नेतृत्व र ठूलो पदमा उम्मेदवारी दिन नहुने जस्ता अभिब्यक्ती दिएको कुरा बाहिर आएपछि जनजातीहरु थप रुष्ट बनेको बताइएको छ । जनजातीहरुले बैठकमै जनजाती विरोधी अभिब्यक्ती दिर्दै जातीय विभेदको काम भएको भन्दै त्यसप्रति असन्तुष्टि ब्यक्त गरेका छन् ।

त्यस्तै जनजातीहरुले खुलेर सूर्य लम्सालको टिमलाई समर्थन गर्ने जनाएका छन् । लम्साललाई एनआरएनए अमेरिकाज् क्षेत्रका पूर्व आरसी र डिरासीको समर्थन रहेको छ । करिव ३३ सय मत रहेको जनजातीको अमेरिकामा जसलाई समर्थन पायो उसैले जित्ने देखिन्छ । स्रोतका अनुसार एनआरएनएन अमेरिकाज् क्षेत्रका पूर्व सारसी सोनाम लामा, डिरासी एसी शेर्पालगायत जनजातीको टिमले लम्साललाई समर्थन गरेका छन् । केहि ब्यक्तीहरुले जातीय भेदभादपूर्ण ब्यवहार गरेको र जनजातीको भावनमाथि ठेस पुर्याएको भन्दै जनजातीहरुले त्यस विषयमा ध्यानर्कषणसमेत भएको बताएका छन् ।

स्याग्जा ज्याग्दी खोलाका लम्साल पेसाले वरिष्ठ ईन्जिनियर हुनुहुन्छ । लम्सालले सक्षम एनआरएन, समृद्ध नेपालको खाका, सदस्यता वितरणको अन्यौलता, एनआरएनको विधानमा देखिएको क्रुटि, संस्थालाई चुनावमुखी बनाउने प्रवृत्तिलगायतका एजेन्डामा दृढ भएर लागिपर्ने बताउनुभएको छ । लम्सालले कुरा भन्दा बढी कामलाई ध्यान दिने, गलत प्रवृत्तिको विरोध गर्ने बताउँदै एनआरएनए अमेरिकालाई सबैको साझा बनाउने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको छ ।


प्रकाशित | ६ बैशाख २०७६, शुक्रबार ०९:२८