काठमाडौं उपत्यकामा ६३७ सहित १ हजार १७२ संक्रमित थपिए, १ हजार ८९३ जना डिस्चार्ज

काठमाडौं : नेपालमा बुधबार एकै दिन १ हजार ८९३ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म ४९ हजार ९५४ जना निको भएका छन ।

पछिल्लो २४ घण्टामा १ हजार १७४ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६७ हजार ८०६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पुष्टि गर्नुभयो ।

नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा ९ हजार ४४९ जनाको पिसिआर परीक्षण भएको छ।त्यस्तै, बुधबार थप सात जनाको कोरोनाले मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४३६ पुगेको छ।

त्यस्तै, काठमाडौं उपत्यकामा ६३७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जनालाई कोरोना संक्रमण देखिएको छ।

उपत्यकामा कोरोना संक्रमितको संख्या १८ हजार ५७४ पुगेको छ। काठमाडौंमा १५ हजार १५७ ललितपुरमा १ हजार ७३३ र भक्तपुरमा १ हजार ८५ संक्रमित पुगेका छन्।


प्रकाशित | ७ आश्विन २०७७, बुधबार १६:४५