नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार नाघ्यो, थप ४८२ जनामा संक्रमण,एकको मृत्यु

काठमाडौं : नेपालमा थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा गरिएको परिक्षणको क्रममा थप ४८२ मा कोरोना संक्रमण देखिएको हो। यो सहित नेपालमा संक्रमितको कुल संख्या १४ हजार ४६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ४६२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ४ हजार ६५६ पुगेको छ। प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ।

त्यस्तै, नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। प्रवत्ता गौतमका अनुसार अछाम जिल्लाको रामरोसन गाउँपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो। उनको बयालपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। यो सहित नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३० पुगेको छ।


प्रकाशित | १७ असार २०७७, बुधबार १६:३९