सिन्धुपाल्चोक बाह्रबिसेका पहिरो पीडितलाई एनआरएनए आयरल्याण्डको आर्थिक सहयोग

काठमाडौं : सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं ७ भिरखर्क, नागपुजेका पहिरो पीडितहरुलाई एनआरएनए आयरल्याण्डले १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । एनआरएनए आयरल्याण्डले पहिरो पीडीतको लागि संकलन गरेको सहयोग उपलब्ध गराएको हो ।

आयरल्याण्डबाट संकलन गरि पठाएको रकम ह्याङ्ला दोलखा – काठमाडौं तामाङ समाजका अध्यक्ष सरोज मोहन लामाले बार्‍ह्राबिसे नगरपालिका उपमेयर सुसिला पाख्रीन र वडा नं. ७ का वडाध्यक्ष मीन बहादुर श्रेष्ठलाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो । पहिरो पीडित स्थलमै पुगेर लामाले सो सहयोग हस्तान्तरण गर्नुभएको हो ।

Image may contain: 5 people, mountain, outdoor and nature

सो अवसरमा नगरपालिकाका उपमेयर सुसिला पाख्रीनले सहयोग रकम पठाउनुहुने एनआरएनए आयरल्याण्ड कार्यसमिति तथा सहयोगी सबैमा धन्यवाद ज्ञापन गर्दै सहयोग सही ठाउँमा खर्च गरिने बताउनुभयो ।

Image may contain: 12 people, including Saroj M. Moktan, people standing and outdoor

आयरल्याण्डमा बसोबास गर्नुहुने दोलखाबासी एनआरएनए आयरल्यान्डका आईसीसी सदस्य बिनोद कार्की, एनआरएन आयरल्यान्डका पूर्व अध्यक्ष नबराज कोईराला र एनआरएनए आयरल्यान्डको कार्यसमिति सदस्य तथा ह्याङला तामाङ समाज आयरल्यान्डको सम्पर्क समन्वय संयोजक सिर्जना लामाको पहल तथा आयरल्यान्डमा बसोबास गर्नुहुने नेपालीको सहयोगमा रकम पठाइएको हो ।

Image may contain: one or more people, people standing, sky and outdoor

वितरण कार्यक्रममा ह्याङ्ला दोलखा -काठमाडौं तामाङ समाजका उपाध्यक्षद्धय प्रेम मोक्तान र प्रेम पाख्रीन र सचिव मीन बहादुर तामाङ पनि सहभागि हुनुहुन्थ्यो ।

त्यस्तै, एनआरएनए आयरल्याण्डका अध्यक्ष मिलन छन्त्यालले नेपालको विभिन्न ठाउँका बाढी पहिरो पीडितहरुलाई आर्थिक सहयोग संकलन गर्ने कार्य जारी रहेको र सिन्धुपाल्चोक जस्तै अन्य जिल्लाका बाढी पीडितलाई पनि सहयोग पठाउने तयारी भइरहेको जानकारी गराउनुभयो ।

Image may contain: 3 people, mountain, outdoor and nature

प्रकाशित | ५ आश्विन २०७७, सोमबार २१:००