काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले बाढी, पहिरो र चट्याङका कारण जेठ महिनायता ४९ जिल्लामा ३ सय ३९ जनाले ज्यान गुमाएको बताउनुभएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा बोल्नुहुँदै गृहमन्त्री थापाले देशभर गत वर्षभन्दा कम क्षति भए पनि यसवर्ष जेठ महिनायता ४९ जिल्लामा ३ सय ३९ जनाले ज्यान गुमाएको जानकारी गराउनुभयो ।
गृहमन्त्री थापाले प्राकृतिक प्रकोपका कारण एक सय भन्दा बढी मान्छे बेपत्ता भएको पनि बताउनुभयो । प्राकृतिक प्रकोपका कारण २ सय ५८ जना घाइते भएका छन भने ४ सय ८२ घर पूर्ण रुपमा क्षति भएको छ ।
प्राकृतिक प्रकोपमा परेकाहरुको व्यवस्थापनका लागि ‘विपद जोखिम व्यवस्थापन कोष’ बाट ५ करोड ६९ लाख रुपैयाँ राहत रकम निकासा गरी उपलब्ध गराइएको समेत गृहमन्त्री थापाले बताउनुभयो ।
प्रकाशित | २ आश्विन २०७७, शुक्रबार १९:०४