काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै ८५९ कोरोना संक्रमित थपिए

काठमाडौं : काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै ८५९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ गरि ८५९ जनालाई कोरोना संक्रमण देखिएको हो ।

उपत्यकामा कोराना संक्रमितको कुल संख्या १५ हजार १सय ३८ पुगेको छ। काठमाडौंमा १२ हजार ४ सय ४४ ललितपुरमा १ हजार ४ सय २६ र भक्तपुरमा १ हजार २ सय ६८ संक्रमित पुगेका छन्।

पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २० जना नयाँ संक्रमित थपिएका भने ८७१ डिस्चार्ज भएका छन्।


प्रकाशित | २ आश्विन २०७७, शुक्रबार १६:५६