युवराज खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त

काठमाडौं : पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकार नियुक्त हुनुभएको छ । सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले
मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनीक गर्नुहुँदै खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त भएको जानकारी गराउनुभएको हो।

डा खतिवडाले केही दिनअघि मन्त्री पदबाट राजीनामा दिनुभएको थियो । राष्ट्रियसभामा दुई वर्षका लागि मनोनित हुनुभएको खतिवडाको समय सकिएपछि उहाँ ६ महिना गैर सांसदको रुपमा मन्त्री बन्नुभएको थियो ।

सरकारले रिक्त राष्ट्रियसभाको एक सिटमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई मनोनित गर्ने निर्णय पनि गरेको छ ।


प्रकाशित | ३० भाद्र २०७७, मंगलवार १९:११