आईआईएफटीका ६५ डिजाइनर बिधार्थीहरु ‘ड्रेस टु इम्प्रेस’ फेसन डिजाईन प्रतिस्पर्धामा

काठमाडौं: बागबजारस्थित इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’मा डिजाइनिङ कोर्ष गरिरहेका ६५ जना विद्यार्थीहरुबीच ‘ड्रेस टु इम्प्रेस’ फेसन डिजाईन प्रतिस्पर्धा हुने भएको छ । ६ महिनाभन्दा बढी कोर्ष डिजाइनरका विद्यार्थीहरु यो प्रतियोगितामा प्रतिस्पर्धा गर्न लागेका हुन ।

यही १० बैशाखमा राजधानीमा हुने फाइनल प्रतिस्पर्धाका लागि यतिखेर विद्यार्थीहरु प्रतिस्पर्धाको तयारीमा जुटेका छन् । यसैक्रममा उनीहरुले बुधबार ‘प्रि–जजिङ’ राउण्डमा प्रतिस्पर्धा गरे । प्रतिस्पर्धी डिजाइनरहरुले आफूले तयार गरेका क्रियटिभ पहिरनहरु प्रस्तुत गरेका थिए । जसका लागि निर्णायकमा फेसन डिजाइनर मनिष राई, शैक्षिक निर्देशक राजु सुवाल, कोरियोग्राफर रोजिन शाक्य थिए । विद्यार्थीहरुले तयार पारेका पहिरनको निर्णायकले परिक्षण गरेका थिए ।

कार्यक्रममा डिजाइनरहरु नै आफूले तयार पारेका पहिरन पहिएर स्टेजमा प्रस्तुत हुने भएका छन् । फाइनल कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक तथा आईआईएफटीका निर्देशक तथा फुपू तेन्जिङ शेर्पाले बताए । उनका अनुसार कार्यक्रम १० बैशाखमा नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा साँझ हुनेछ ।


प्रकाशित | ५ बैशाख २०७६, बिहीबार २०:१७