कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालालई कोरोना संक्रमण पुष्टि भएको छ । हिजो बेलुकी ह्याम्स अस्पताल स्वाब दिएका कोइरालाको बिहान ११ बजे आएको रिपोर्टमा कोरोना पोजेटिभ आएको थियो।

त्यसपछि पुनः जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि उहाँमा कोरोना पुष्टि भएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिनुभयो ।

कोइरालालाई ज्वरो आएपछि कोरोना परीक्षण गरिएको थियो । परिवारका अन्य सदस्य र सुरक्षाकर्मी गरी ११ जनाको स्वाब भने स्टार अस्पतालमा परीक्षणको लागि दिइएको छ । तर अहिलेसम्म रिपोर्ट आएको छैन ।

त्यस्तै, कोइरालाले चिकित्सकहरुको सल्लाहअनुसार होम आइसोलेसनमा बसेको जानकारी गराउनुहुँदै आफूसँग सम्पर्कमा आएका ब्यक्तीहरुलाई सर्तकता अपनाउन आग्रह समेत गर्नुभएको छ ।


प्रकाशित | २३ भाद्र २०७७, मंगलवार १९:४७