नेपालमा अहिलेसम्मकै धेरै २ हजार २८७ जना कोरोना संक्रमित डिस्चार्ज, थप ९०२ जनामा संक्रमण

काठमाडौं : नेपालमा अहिलेसम्मकै धेरै २ हजार २८७ जना कोरोना संक्रमित एकै दिन डिस्चार्ज हुनुभएको छ । पछिल्लो २४ घन्टामा २ हजार २८७ जनाले कोरोना जितेर डिस्चार्ज हुनुभएको हो । । यो सहित नेपालमा हालसम्म ३२ हजार ९६४ उपचारपछि निको हुनुभएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा नेपालमा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४८ हजार १३८ जना पुगेको छ।

त्यस्तै, उपत्यकामा थप ३९६ जनामा कोरोना संक्रमण देखिएको छ । प्रवक्ता गौतमका अनुसार काठमाडौंमा ३००, भक्तपुरमा ५८ र ललितपुरमा ३८ जनामा संक्रमण देखिएको हो ।

हाल १४ हजार ८६८ कोरोनाका सक्रिय संक्रमित छन्। ८ हजार ०५३ जना आइसोलेसनमा छन् भने होम आइसोलेसनमा ६ हजार ८१५ छन्। क्वारेन्टाइनमा ५ हजार ३१० जना रहेका छन्। पछिल्लो २४ घन्टामा १० हजार ६११ नमूनाको पीसीआर परीक्षण भएको छ।


प्रकाशित | २३ भाद्र २०७७, मंगलवार १६:३१