विप्लव समूहले गर्यो झापामा स्कुल बसमाथि तोडफोड

झापा : भद्रपुरमा एउटा स्कुल बस तोडफोड भएको छ । नेत्रविक्रम चन्द (विप्लव) का कार्यकर्ताले बस तोडफोड गरेका हुन । उनीहरुले बन्दको अवज्ञा गरेको भन्दै झापा गाउँपालिका नौँ कुवारी भन्ने स्थानमा गौतम बुद्ध बोडिङ स्कुलको मे १ ख १९३४ नम्बरको बस तोडफोड गरेका हुन्। तोडफोडका कारण स्कूल बसको अगाडिको सिसा फुटेको छ । प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक ९डिएसपी) महेन्द्रकुमार श्रेष्ठका अनुसारडिस्कभर बाइकमा चढेर आएका दुई जना अपरिचितले सडकमा गुडिरहेको बसलाई रोकेर तोडफोड गरेका हुन ।


प्रकाशित | ५ बैशाख २०७६, बिहीबार १८:३०