कोरोनाविरुद्ध लड्न डी गियाद्वारा ३ लाख युरो सहयोग

एजेन्सी :  इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडका गोलकिपर डेभिड डी गियाले कोरोना भाईरसविरुद्ध लड्न ३ लाख युरो सहयोग गरेका छन् ।  डी गियाले कोरोना भाईरसको महामारीविरुद्ध लड्न घरेलु शहर मड्रिडमा ३ लाख सहयोग गरेका हुन् । २९ वर्षे स्पेनिस गोलकिपर डी गिया मड्रिडमा जन्मिएका थिए ।

उक्त सहयोगले स्पेनिस राजधानीको कोरोना प्रभावितको उपचारका लागि मेडिकल सामग्री खरिद गरिने छ । मड्रिड कम्युनिटीका अध्यक्ष इसाबेल डियाजले आर्थिक सहयोगका लागि डी गियालाई धन्यवाद दिएकी छिन् । चीनबाट फैलिएको कोरोनाले स्पेन पनि निकै प्रभावित भएको छ ।


प्रकाशित | १४ चैत्र २०७६, शुक्रबार २०:१७