नेपालमा एकै दिन १ हजार ७३६ जनाले जिते कोरोना, ९७९ जना थपिए

काठमाडौं – नेपालमा थप ९७९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज थपिएका सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४७ हजार २६६ जना पुगेको छ।

पछिल्लो २४ घन्टामा थप १७३६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ३० हजार ६७७ उपचारपछि निको भएका छन्। सोमबार काठमाडौंमा २९३, ललितपुरमा २० र भक्तपुरमा १३ संक्रमित थपिएका छन्।

नेपालमा संक्रिय संक्रमितको संख्या १६ हजार २ सय ५९ रहेको छ। हाल ९ हजार ६९ जना संस्थागत आइसोलेसनमा छन्। त्यस्तै ७ हजार १९० जना होम आइसोलेसनमा छन्। हाल ४ हजार ७३९ जना क्वारेन्टाइनमा छन्।


प्रकाशित | २२ भाद्र २०७७, सोमबार १६:४७