अर्थमन्त्री खतिवडाले आज साँझसम्ममा राजीनामा दिने

काठमाडौं – अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले आज साँझसम्म पदबाट राजिनामा दिनुहुने भएको छ । राष्ट्रियसभामा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले लैजाने भन्दै पार्टी सचिवालय बैठकबाट निर्णय गराएपछि अर्थमन्त्रीले राजीनामा दिन लाग्नुभएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको आजको मन्त्रिपरिषद बैठकमा अर्थमन्त्री खतिवडाले साझँसम्म राजीनामा दिने जानकारी गराउनुभएको हो । उहाँको कार्यकाल शनिबार राति १२ बजे सकिदैछ ।

मन्त्रीपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले खाली ठाउँमा मन्त्रि राख्न आवश्यक भएपनि मन्त्रिपरिषद फेरबदल नहुने बताउनुभएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।


प्रकाशित | १९ भाद्र २०७७, शुक्रबार १५:३८