सरु थापा एपिक नेपाल म्युजिक अवार्डमा सर्वोकृष्ट गायिकाको रुपमा मनोनित

काठमान्डौँ : लोकदोहोरी गायिका सरु थापा हालै काठमान्डौँमा सम्पन्न एपिक नेपाल म्युजिक अवार्डमा सर्वोकृष्ट गायिकाको रुपमा मनोनित हुनुभएको छ ।

विगत लामो समय देखी लोक गीत संगीतमा सक्रिय रुपमा लागी परेकी गायिका धनकुमारीद्धारा स्वरबद्ध गीत मुड चल्या छ दोहोरी गीत गाउने बाट मनोनित हुनुभएको हो। आयोजक तथा आम दर्शक तथा स्रोताको माया , ममता र स्नेहबाट नै अवार्ड कार्यक्रममा आफनो गीत मनोनित भएकोमा उहाँले खुशी ब्यक्त गर्नुभएको छ ।

आगामी दिनमा अवार्डको मनोनयनले आफुलाई संगीतिक क्षेत्रमा अगाडि बढ्नको लागी थप हौसला मिलेको र आगामी समयमा गीत संगीतमा लाग्नको लागी थप जिम्बेवारी बढेको महशुस गरेको उहाँले बताउनुभयो । साथै क्रिष्मसको अवसरमा सबैमा शुभ कामना समेत ब्यक्त गर्नुभएको छ ।


प्रकाशित | १० पुष २०७६, बिहीबार १२:५८