नेपालमा ८८ प्रतिशत कोरोना संक्रमित निको

काठमाडौँ । नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या छ लाख १२ हजार २०२ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना निको हुनेको सङ्ख्या पाँच लाख ४० हजार ४३९ जना पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमणबाट निको दर ८८ दशमलव ३ प्रतिशत रहेको छ । यस्तै नेपालमा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २२ हजार ४०३ जना सङ्क्रमित भएका छन् । यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या ६३ हजार २५७ मा झरेको छ । यस्तै मङ्गलबार थप ४१ जना सङ्क्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलबार सात हजार ४४९ जनाको पीसीआर र पाँच हजार ८४१ जनाको एन्टिजेन विधिबाट १३ हजार २९० जनाको कोरोना परीक्षण गरिएको थियो ।

पीसीआर परीक्षणमा एक हजार ६८१ र एन्टिजेन परीक्षणमा एक हजार ६४ जना सङ्क्रमित पाइएका छन् । यस्तै काठमाडौँमा ४५५, भक्तपुरमा १६ र ललितपुरमा ७४ जना गरी उपत्यकामा ५४५ जना सङ्क्रमित थपिएका छन् । समाचार गोरखापत्र दैनिकमा छ ।


प्रकाशित | २ असार २०७८, बुधबार ०९:३७