एनआरएनए अमेरिकाज् क्षेत्रको विज्ञ सम्मेलन तयारी पूरा, उद्धघाटन परराष्ट्रमन्त्रीले गर्ने

टेक्सस – गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज् क्षेत्रको क्षेत्रीय विज्ञ सम्मेलन तथा बैठकको तयारी पूरा भएको छ । सम्मेलन शनिवारबाट शूरु हुँदैछ । सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको हो ।

सम्मेलन आयोजक समितिका संयोजक तथा अमेरिकाज् क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीका अनुसार तीन दिन सम्म चल्ने सम्मेलनको उद्धघाटन परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले गर्ने तय भएको छ ।

त्यसैगरी कार्यक्रममा बिशेष अतिथिहरुमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, अमेरिकाका लागि नेपाली महामहिम राजदूत डा अर्जुन कार्की, क्यानाडाका लागि महामाहिम राजदूत भृगु ढुंगाना र नेपाली काँग्रेसका नेता तथा पूर्व परराष्ट्रमन्त्री बालकृष्ण खाँण हुनुहुन्छ। सम्मेलनमा एनआरएनए आइसिसीको तर्फबाट पदाधिकारीहरुको पनि सहभागिता रहनेछ ।

एनआएनए क्यानडाले संयोजन गरेको क्षेत्रीय सम्मेलन तथा विज्ञ भेलामा क्यानेडीयन सरकारी अधिकारीहरुलाई पनि आतिथीका रुपमा आमन्त्रण गरिएको छ । सेप्टेम्बर ४ देखि ६ सम्म भर्चुअल रुपमा हुने क्षेत्रीय बैठकसँगै विज्ञ सम्मेलन समेत आयोजना गरिएको हो ।

क्षेत्रीय विज्ञ सम्मेलन गैर आवासीय नेपाली संघको आगामी महिना हुने विश्वव्यापी विज्ञ सम्मेलनको तयारी स्वरुप आयोजना गरिएको हो । सम्मेलनमा कृषि, विज्ञान प्रविधी, पुर्वाधार विकास, सार्वजनिक स्वास्थ्य, इनर्जी, शिक्षा लगायतका क्षेत्रमा कार्यरत विज्ञहरुले आआफ्ना कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।

सम्मेलनको लागि डा. लक्ष्मी पाठकको संयोजकत्वमा डा.आमोद पोख्रेल र नारायण घिमिरे सम्मिलीत एक विज्ञ समूह गठन गरिएको थियो ।

सेप्टेम्बर ४, ५ र ६ मा जुममार्फत हुने सम्मेलनको उद्घाटन सत्र ४ तारिखमा हुँदैछ । ५ तारिखमा विभिन्न सेसनहरु हुनेछ भने सेप्टेम्बर ६ मा ज्ञान सम्मेलन तथा समापन कार्यक्रम तय भएको क्षेत्रीय संयोजक राजन त्रिपाठीले जानकारी गराउनुभयो ।

NRNA  Canada को फोटो।
NRNA  Canada को फोटो।
NRNA  Canada को फोटो।

प्रकाशित | १९ भाद्र २०७७, शुक्रबार ११:२८