कालिञ्चोक गाउँपालिका-२ का १० वटा विद्यालयमा विद्युतीय हाजीरी प्रणाली जडान

दोलखा : कालिञ्चोक  गाउँपालिका वडा नम्बर २ का १० वटा विद्यालयमा विद्युतीय हाजिरी प्रणाली जडान गरिएको छ । वडा अन्तर्गतका निको भुमे मावि, निको सप्तमाई आवि, जल्पाश्वरी मावि, कमला प्रावि, प्रगतिशिल मिलिजुली आवि, महादेवश्वरी आवि, विन्ध्याबासिनी आ वि, निको महाङ्काल लगायतका १० वटै विद्यालयहरुमा विधुतिय हाजिरी ( )जडान गरिएको वडा सदस्य दिपेन्द्र सोडारीले जानकारी गराउनुभयो । ।

वडा सदस्य सोडारीका अनुसार मंगलबारदेखि लागू हुने गरि सम्पुर्ण विद्यालयहरुले मासिक रुपमा गाउँपालिका र वडा कार्यालयमा हाजिर प्रतिवेदन प्रमाणित गर्न पेश गर्नुपर्ने भएको छ । साथै शिक्षकहरु अनुपस्थित भएको दिनको तलव कट्टा गरि विद्यार्थिहरुको नाममा छात्रवृत्ति कोष खडा गर्ने तयारी गरिएको छ । सोही अवसरमा स्वास्थ्य चौकी र वडा कार्यालयमा पनि यस अगावै जडान गरिएको हाजिरी मेसिन पुनः सञ्चालनमा ल्याइएको छ ।


प्रकाशित | २४ बैशाख २०७६, मंगलवार १९:१८