हवाई उडान जेठ १८ सम्म बन्द गर्ने निर्णय

काठमाडौँ : सरकारले अन्तर्राष्ट्रीय र राष्ट्रीय हवाई उडानमा लगाएको प्रतिबन्धलाई पनि थप गरेको छ । यसअघि जेठ २ सम्म लगाइएको प्रतिवन्ध जेठ १८ सम्म पुर्‍याएको हो ।

आज बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी भारतको सीमा नाका जेठ १८ सम्म बन्द गर्ने र थप कडाई गर्ने निर्णय पनि गरेको छ । साथै लकडाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय गरेको छ ।


प्रकाशित | २४ बैशाख २०७७, बुधबार १४:४३