विश्वकप क्रिकेट: अस्ट्रेलियाको सानदार विजयी सुरुवात

एजेन्सी :  ओपनर डेविड वार्नरले उत्कृष्ट ब्याटिङ गरेपछि एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा अस्ट्रेलियाले सानदार विजयी सुरुवात गरेको छ । शनिवार राती सम्पन्न खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै अस्ट्रेलियाले विजयी सुरुवात गरेको हो । २ सय ८ रनको लक्ष्य अष्टे«लियाले ३४.५ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । स्टिभ स्मिथ आउट भएपछि मैदान छिरेका म्याक्सवेलले पहिलो बलमै मुजिव उर रहमानलाई चौका हान्दै खेल सकाए ।

अष्टे«लियालाई सहज जित दिलाउन ओपनर डेविड वार्नरले १ सय १४ बलमा ८ चौका सहित ८९ रनमा अविजित रहे । गत वर्ष बल टेम्परिङ काण्डका कारण एक वर्ष प्रतिबन्धपछि आधिकारीक पहिलो अन्तर्राष्ट्रिय खेलमै वार्नरले उत्कृष्ट प्रर्दशन गरेका हुन् ।

१७ ओभरको दोस्रो बलमा मुजिव उर रहमानले बोल्ड आउट गनु अघि कप्तान आरोन फिन्चले ४९ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ६६ रनको योगदान दिए । वार्नर र फिन्चले पहिलो विकेटका लागि ९६ रनको साझेदारी गर्दै सहज जित पक्का गरेका थिए ।

२५ ओभरको अन्तिम बलमा उस्मान खवाजालाई राशिद खानले १५ रनमा एलवी डब्लू आउट गरे । स्टिभ स्मिथ १८ रनमा क्याच आउट भए । अफगानिस्तानका लागि मुजिव उर रहमानले २ र राशिद खानले १ विकेट हात पारे ।

त्यसअघि ब्रिस्टलमा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तान ३८.२ ओभरमा अल आउट हुँदै २ सय ७ रनमा समेटियो । तल्लो क्रममा लेग स्पिनर राशिद खानले ११ बलमा २ चौका र ३ छक्का सहित आक्रमक २७ रन जोडेपछि अफगानिस्तानले प्रतिस्पर्धात्मक योगफल तयार पारेको हो ।

त्यस्तै नजीवुल्लाह जादरानले ४९ बलमा २ छक्का र ७ चौका सहित ५१ रनको महत्वपूर्ण योगदान दिए । नजीवुल्लाहलाई मार्कस स्टोइनिसले ३४ ओभरको पाँचौ बलमा विकेट कीपर एलेक्स केरिबाट क्याच आउट गराए । मुजिब उर रहमानले १३ रन जोडे ।

पहिलो ओभरको तेस्रो बलमै मिचेल स्टार्कले ओपनर मोहम्मद शहजादलाई शून्यमा बोल्ड आउट गरे । दोस्रो ओभरको दोस्रो बलमा प्याट कमिन्सले अर्का ओपनर हज्रतुल्लाह जजाईलाई विकेटकीपर एलेक्स केरीबाट क्याच गराउँदै शून्यमा पेभिलिएन फर्काए ।

१४ ओभरको पाँचौ बलमा एलेक्स केरीले हशमतुल्लाह शाहिदीलाई १८ रनमा स्टमपिङ आउट गरे । रामत शाहलाई एडम्म जम्पाले २० औं ओभरको दोस्रो बलमा स्टिभ स्मिथबाट ४३ रनमा क्याच गराउट गराएपछि अफगानिस्तान दबाबमा परेको थियो ।

शाहले ६० बलमा ६ चौका प्रहार गरे । एक ओभरपछि मोहम्मद नाबी ७ रनमा रन आउट भएपछि अफगानिस्तान ७७(५ को कमजोर अवस्थामा पुगेको थियो ।

छैटौं विकेटका लागि कप्तान गुलवदीन नाइब र नजीवुल्लाह जादरानले ८३ रनको महत्वपूर्ण साझेदारी गर्दै प्रतिस्पर्धात्मक योगफल सम्म पुर्याउन सफल भए । यी दुईबीचको साझेदारी मार्कस स्टोनिसले ३४ ओभरको पहिलो बलमा कप्तान नाइबलाई केरीबाट क्याच गराउँदै तोडेका थिए । नाइबले ३३ बलमा ४ चौका र १ छक्का सहित ३१ रन जोडे । अष्ट्रेलियाका लागि एडम जम्पा र प्याटकमिन्सले समान ३ विकेट लिए । मार्कस स्टोइनिस २ र मिचेल स्टार्कको नाममा १ विकेट रह्यो ।


प्रकाशित | १९ जेष्ठ २०७६, आईतवार ०८:०२