नायिका वर्षा शिवाकोटीको अपिल – दिनरात नभनी काम गर्ने डाक्टर–नर्सको मनोबल गिराउने कार्य नगरौ

काठमाडौँ – नायिका वर्षा सिवाकोटीले कोरोना महामारीको समयमा अग्रपंक्तिमा रहेर काम गर्ने डाक्टर, नर्सहरुको सम्मान गर्न आग्रह गरेकी छिन् ।

वर्षाले भनेकी छिन्–‘यो सममा आफू र आफ्नालाई सुरक्षित राख्नुपर्ने त छदैछ । साथै, स्वास्थ्य सेवा प्रदान गर्न खटिएका डाक्टर, नर्स, मेकिडल क्षेत्रमा सबै र यस्तै सेवा र हामीलाई सुरक्षित राख्न तत्पर सबैको कार्यको सही मुल्यांकन गर्न पनि उत्तीकै जरुरी छ । यस्तो जटिल परिस्थितीमा एक अर्काको लागि सहयोग, माया, सद्भाव राख्नु अत्यन्त आवश्यक छ ।’

उनले मानवताको नाताले पनि यस्तो अवस्थामा एक अर्कालाई साथ दिन र सहयोग गर्न अपिल समेत गरेकी छिन् ।


प्रकाशित | १० भाद्र २०७७, बुधबार १९:४७