गण्डकी प्रदेश सभा गेट अगाडि राखिएको बम डिस्फोज गर्दा घाइते सैनिकलाई काठमाडौं पठाइयो

पोखरा: नेत्रविक्रम चन्द्र (बिप्लव) समूहद्वारा पोखरामा राखिएको बम निष्क्रिय पार्ने क्रममा घाइते सैनिकलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । बमबाट कालीभञ्याङ गण रत्नमन्दिर पोखराका नायक धर्मबहादुर थापाको देब्रेहातको हत्केलामा क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सैनिकको प्रारम्भिक उपचार पोखरास्थित फिस्टेल अस्पतालमा गरिएपछि थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिनुभयो । बिप्लव समूहले आज पोखराको नदीपुरस्थित प्रदेशसभा नजीकको सडकको छेउमा सो बम राखेको थियो ।


प्रकाशित | ५ बैशाख २०७६, बिहीबार १४:४९