एक जना कोरोना पोजिटिभ पत्ता लगाउन सरकारको १ लाख ४ हजार खर्च : स्वास्थ्य मन्त्रालय

पिसिआर परीक्षणमा हालसम्म ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार खर्च

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको एक जना पोजिटिभ पत्ता लगाउन १ लाख ४ हजार खर्च हुने गरेको जनाएको छ। मन्त्रालयले हालसम्म पिसिआर परीक्षणको लागि ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार खर्च भइसकेको जनाएको हो ।

मन्त्रालयको नियमित कोरोना ब्रिफिङ क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एक व्यक्तिको संक्रमित केस पत्ता लगाउनको लागि १ लाख ४ हजार ६ सय ३० खर्च भएको जानकारी गराउनुभयो ।

मन्त्रालयका अनुसार हालसम्म ५ लाख ७९ अजार ८९९ जनाको परीक्षण भएकामध्ये ३० हजार ४ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

‘पीसीआर परीक्षण गरेको ५ हजार ५ सय रुपैँया परीक्षणपछी प्राप्त भएको पोजेटिभ केसको हिसाब गर्दा एक व्यक्ति संक्रमित पहिचान गर्न १ लाख ४ हजार ६ सय ३० पर्ने देखिएको डा. गौतमले बताउनुभयो ।

प्रवक्ता गौतमले एउटा व्यक्ति ३० दिन आईसीयूमा बस्न परे राज्यको तर्फबाट थप ४ लाख ५० हजार रुपैयाँ खर्च हुने पनि जानकारी गराउनुभयो ।


प्रकाशित | ५ भाद्र २०७७, शुक्रबार १८:४५