पोखरीमा डुबेका एकको मृत्यु

झापा: जिल्लाकोे मेचीनगर नगरपालिका ९ मा निर्माणाधीन पोखरीमा डुबेर १५ वर्षीय प्रनिल प्रसाईको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय धुलाबारीका अनुसार मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह बिट नं १ ले पर्यटन प्रवद्र्धनका लागि बनाउँदै गरेको पोखरीमा पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको हो । साथीसँग पौडी खेल्न पोखरीमा पसेका प्रसाईं बाहिर ननिस्किएपछि साथीहरुले घरमा आएर आफ्ना अभिभावकलाई घटनाबारे जानकारी दिएका थिए । खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले शवलाई पोखरीबाट बाहिर निकालेको थियो ।


प्रकाशित | २२ बैशाख २०७६, आईतवार १०:३०