धनकुटामा आज राति १२ बजेदेखि जिल्लाभर निषेधाज्ञा

धनकुटा – जिल्ला प्रसाशन कार्यालय धनकुटाले आज राति १२ बजेदेखि लागु हुने गरी जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ ।

कोरोना संक्रमणको जोखिमलाई कम गर्न भन्दै प्रशासनले संक्रामक रोग ऐन २०२० अनुसार धनकुटा जिल्लाभरी लागु हुने गरी आजराती १२ बजेदेखि भदौ ११ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले जानकारी दिनुभयो ।

यसअघि धनकुटा नगरपालिकाले नगरक्षेत्रलाई भदौ ४ गतेसम्म निषेधाज्ञा जारी गरेको थियो ।

हिजो शहिदभमी गाँउपालिकामा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण पुष्टि भए पछि प्रसाशनले जोखिम बढेको भन्दै पुरै जिल्लामा निषेधाज्ञा घोषणा गरेको हो ।


प्रकाशित | ५ भाद्र २०७७, शुक्रबार १३:४५