काठमाडौं उपत्यकामा दुई सय सहित नेपालमा थप ७०७ जनामा कोरोना संक्रमण

काठमाडौं – नेपालमा थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा ११ हजार ८३२ जनाको पीसीआर परीक्षणमा गरिएकोमा ७०७ जना थपिएका हुन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २९ हजार ६४५ जना पुगेको छ।

बिहीबारसम्म सक्रिय संक्रमितको संख्या ११ हजार ५५५ पुगेको छ । क्वारेन्टाइनमा ११ हजार ७६८ जना रहेका छन् ।

काठमाडौं उपतयकामा थप २०० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। काठमाडौंमा १७४, भक्तपुरमा ८ र ललितपुरमा १८ जनामा कोरोना संक्रमण देखिएको हो।

पछिल्लो २४ घण्टामा थप २६४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १७ हजार ९६४ उपचारपछि निको भएका छन्।

आज थप ६ जनाको कोरोनाले मृत्यु भएको छ । यो सहित निधन हुनेको संख्या १२६ पुगेको प्रवत्ता डा गौतमले जानकारी गराउनुभयो ।


प्रकाशित | ४ भाद्र २०७७, बिहीबार १६:२८