‘नेपाली महिलाहरुको आवाज’ले गर्यो महोत्तरीको औरहीमा निशुल्क स्वास्थ्य शिविर

काठमाडौंं : नेपाली महिलाहरुको आवाज संस्थाले महोत्तरीको औरही नगरपालिकामा बृहत्त स्वास्थ्य शिविर आयोजना गरेको छ । नेपाली महिलाहरुको आवाज, काठमाडौको आयोजनामा भएको एक दिने स्वास्थ्य शिविरमा तीन सय भन्दा बढी लाभान्वित भएका छन् । शिविरमा बालबालिकाका रोगहरु, महिलाका रोगहरु लगायत अन्य सबैखाले रोगहरुको चिकित्सकहरुद्वारा सामान्य चेकजाँच गरि निशुल्क औषधि वितरण गरिएको थियो ।

औरही नगरपालिकाका प्रमुख सुनिल यादव ,वडा न १ का वडा अध्यक्ष राजकिशोर चौधरी लगायतको उपस्थितिमा उक्त शिविर सञ्चालन गरिएको हो । उक्त स्थानमा यस्तो प्रकारको शिबिर विरलै हुने गरेकोले स्थानीयहरु निकै उत्साहती र खुसी थिए ।

शिर मेमोरियल अस्पतालका डाक्टर अरुण गुप्ता, डा. सन्दिप शाह, जनकपुरका डा. निलम चौधरी लगायतको चिकित्सकको टोलीले बिरामिहरुको स्वास्थ्य जाँच गरि निशुल्क औषधि वितरण गरिएको आयोजक सस्था नेपाली महिलाहरुको आवाजकी अध्यक्ष सुमित्रा थापाले जानकारी गराउनुभयो ।

यसैगरी कार्यक्रमको समापनमा अध्यक्ष थापाले नगर प्रमुख ,वडा अध्यक्ष ,सहभागी चिकित्सक , हेल्थ असिस्टेन्ट र काठमाडौं लगायतलाई मायाको चिनो प्रदान गर्नुभयो । महिला तथा बालबालिकाको निम्ति कृयाशिल नेपाली महिलाहरुको आवाजले यस अघि पनि विभिन्न गतिविधिहरु गर्दै आइरहेको छ ।

उक्त शिविरमा औरही नगरपालिकाका मेयर सुनिल यादब लगायतको समेत उपस्थिति रहेको थिययो । थापाले यस्ता सामाजिक कामहरु आफुले सकेको गरिरहने बताउँदै यस्ता कामले आफूलाई थप सामाजिक कार्यमा लाग्न उत्प्रेरणा मिल्ने बताउनुभयो ।


प्रकाशित | ५ बैशाख २०७६, बिहीबार १३:२६