एनआरएनए अष्ट्रियाको अध्यक्षमा भवानी तिवारी विजयी

भियाना – गैर आवासीय नेपाली संघ अष्ट्रियाको अध्यक्षमा भवानी तिवारी विजयी हुनु भएको छ । तिवारीले बाबा राजेश्वरी थापालाई पराजित गर्दै अध्यक्षमा विजयी हुनु भएको हो । तिवारीले १९० मत प्राप्त गर्दा प्रतिद्वन्दी थापाले १२५ मत मात्र प्राप्त गर्नु भयो । आइसीसी सदस्यमा बिकास कार्की बिजयी हुनु भएको छ ।

तिवारी २०१२ देखि अष्ट्रियाको भियनामा बस्दै आउनु भएको छ । उहाँले एनआरएनए एनसीसी अष्ट्रियाको महिला संयोजक, संघको महासचिव हुँदै हाल २०२१–२०२३ का लागि अध्यक्ष निर्वाचित हुनु भएको हो ।

त्यस्तै, उपाध्यक्षमा अनिता भुजेल र कुमार अधिकारी, सचिवमा रोशन घिसिङ्ग, सहसचिवमा सरिता नेपाल निर्वाचित हुनु भएको छ । अन्य पदमा भने यसअघि नै निर्बिरोध भइसकेको छ ।


प्रकाशित | १७ श्रावण २०७८, आईतवार ०९:२८