काठमाडौंमा आज रातिदेखि भदौ १० गतेसम्म निषेधाज्ञा

काठमाडौं – काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा जारी गरिने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । निषेधाज्ञा जारी भएपछि अत्‍यावश्यक सेवाबाहेक अरु सेवाहरु बन्द हुनेछन् ।

हिजो बसेको मन्त्रिपरिषद बैठकले संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्न जिल्ला प्रशासन कार्यालयलाई अधिकार प्रत्यायोजन गरेको थियो।

उपत्यकामा संक्रमितको संख्या दैनिक १ सयभन्दा माथि रहँदै आएकोमा आज भने काठमाण्डौ उपत्यकामा अहिलेसम्मकै धेरै दुई सयभन्दा बढी कोरोना संक्रमित थपिएका छन ।


प्रकाशित | २ भाद्र २०७७, मंगलवार २०:१९