गैर आवासीय नेपाली नागरिकता दिने विधेयक पारित भएकोमा लामाद्धारा खुसी ब्यक्त

काठमाडौं:  गैर आवासीय नेपाली संघ, नेपाली नागरिकता निरन्तरता कार्यदलका संयोजक तथा निवर्तमान उपाध्यक्ष सोनाम लामाले प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित भएकोमा खुसी ब्यक्त गर्नु भएको छ । नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक शुक्रबार बहुमतले पारित भएको हो ।

नेपालको संविधानको धारा १४ मा व्यवस्था भए अनुसार गैर आवासीय नेपाली नागरिकता दिने विधेयक पारित भएकोमा खुसी ब्यक्त गर्दै नेपाल सरकार, राजनीतिक दल, सरोकारवाला र एनआरएनएका अगुवा तथा सबैप्रति लामाले धन्यवाद ज्ञापन गर्नु भएको छ ।

नागरिकताको विषयमा नेपाल सरकार, राजनीतिक दल तथा सरोकारावाला निकायसँग निरन्तर लविगं गर्दै आउनु भएको लामाले संविधानले दिएको आर्थिक, सामाजीक र सांस्कृतिक अधिकारलाई विधेयकले समेटेको र राष्ट्रियसभाले चाँडै पारित गरेर राष्ट्रपतिबाट प्रमाणित हुनेमा पनि विश्वास ब्यक्त गर्नु भएको छ ।

ऐन प्रमाणीकरण भएसँगै नियमावली बनाए पछि गैर आवासीय नेपाली नागरिकता लिने बाटो खुल्नेछ ।


प्रकाशित | ६ श्रावण २०७९, शुक्रबार २१:३७