एनआरएनए एनसिसी निर्वाचन : ११ वटा एनसिसीले पाए नयाँ नेतृत्व

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) मा ८० एनसिसीमध्ये अहिलेसम्म ११ वटा एनसिसीले अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेका छन् । अहिलेसम्म निर्वाचन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गर्नेमा अमेरिकाज् क्षेत्रबाट अमेरिका, ओसेनीया क्षेत्रबाट अस्ट्रेलिया र न्यूजील्यान्ड, मध्य पूर्वबाट बहराईन, कुवेत र ओमन, यूरोपबाट लक्जेम्वर्ग र अष्टीया , एसिया प्रशान्त क्षेत्रबाट हङकङ, अफ्रिका क्षेत्रमा नाइजेरिया र युगान्डा गरि अहिलेसम्म  ११  वटा एनसिसीले अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेका हुन ।

विश्व सन्देशलाई प्राप्त जानकारी अनुसार आज सम्म ११ वटा एनसिसीको नयाँ नेतृत्व चयन भएको छ । अघिल्लो अधिवेशनमा विश्वको सबैभन्दा ठूलो एनसिसी रहेको अमेरिकाले यो पटक सबैभन्दा पहिला अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको हो । एनआरएनए अमेरिकामा सुनिल साह अध्यक्षमा निर्वाचीत हुनुभएको छ ।

त्यस्तै, अमेरिकापछि नेतृत्व चयन गर्नेमा ओसेनीया क्षेत्रमा पर्ने अस्ट्रेलिया परेको छ । अस्ट्रेलियामा केशव कँडेल अध्यक्षमा निर्वाचीत हुनुभएको छ । ओसेनीयाकै अर्को एनसिसी न्यूजील्यान्ड अध्यक्षमा लाल बहादुर केसी, एसिया प्रशान्त क्षेत्रमा पर्ने एनआरएनए हङकङको अध्यक्षमा राधिका (टिका) गुरुङ, अफ्रिकामा पर्ने नाइजेरिया अध्यक्षमा रोशन थापा, युगान्डाको अध्यक्षमा बिनोद थापा निर्वाचीत हुनुभएको छ । त्यस्तै, यूरोपको अष्टीयामा विनोद चौलागाई, लक्जम्वर्गमा हरि खत्री, मध्यपूर्वमा पर्ने ओमन अध्यक्षमा सेवन्त पुर्जा पुन, बहराईनको अध्यक्षमा लक्ष्मी गिरी, कुवेत अध्यक्षमा सुजन केसी निर्वाचीत भइसक्नु भएको छ ।

गैर आवासीय नेपाली संघको यूरोपमा २८, मध्य पूर्वमा १२, ओसीनीयामा ४, अफ्रिकामा १७ , अमेरिकाज्मा ४ र एसिया प्याशिफिकमा १५ गरि जम्मा ८० वटा एनसिसी छन् । अधिवेशन सम्पन्न नभएका एनसिसीमा पनि यतिखेर धमाधम निर्वाचन भइरहेको छ । त्यसमध्ये यूरोपको स्वीडेनमा शनिबार सम्पन्न निर्वाचन दर्ता मनोनयनमा दिनेश श्रेष्ठको एकल उम्मेदवारी परेको छ । स्वीडेनमा यही १७ तारिखमा अधिवेशन हुँदैछ ।

त्यस्तै, यस पटक सबैभन्दा बढी सदस्य रहेको एनआरएन यूकेमा आगामी १४ सेप्टेम्बरमा निर्वाचन हुँदैछ । यूकेमा सदस्य संख्या १३ हजार ८ सय ९० पुगेको हो । यस पटक यूके पछि एनआरएनए अस्ट्रेलिया सभैन्दा धेरै सदस्य रहेको एनसिसी बन्न पुगेको छ । एनआरएन अस्ट्रेलियामा सदस्य सख्या ११ हजार ६ सय १७ छ । अघिल्लो पटक पहिलो बनेको अमेरिका भने यस पटक तेस्रो बनेको छ । कुनै समय १७ हजार सदस्य पुगेको अमेरिकामा अहिले एनआरएन सदस्य सँख्या ९ हजार २ सय १८ छ ।


प्रकाशित | २७ श्रावण २०७६, सोमबार १९:१७