कतारमा रहेका नेपालीहरुलाई बुस्टर खोप लगाउन दुताबासको आग्रह (भिडियो सहित)

दोहा । नेपाली राजदुताबास कतारले कोरोना भाइरस विरुद्धको तेस्रो डोज बुस्टर खोप लगाउन अपिल गरेको छ । राजदुताबासका कार्यवाहक राजदुत लक्षुमण खनालले भिडियो सन्देश जारी गर्दै कतारमा रहेका नेपालीहरुलाई बुस्टर खोप लगाउन आग्रह गर्नु भएको हो ।

कतार सरकारले कोरोना भाइरस विरुद्धको तेस्रो खोप सुरु गरिसकेको दुताबासले जनाएको छ । पछिल्लो समय विश्वव्यापी रुपमा फैलिरहेको ओमिक्रोन भेरियन्ट विरुद्ध लड्न बुस्टर खोप ८० प्रतिशत प्रभावकारी हुने अध्ययनले देखाएको छ ।
हेर्नुहोस् भिडियो 


प्रकाशित | १५ पुष २०७८, बिहीबार १२:११