मोदीको मेकअपमा मासिक खर्च कती ?

काठमाडौं: भारतय प्रधानमन्त्री नरेन्द्र मोदीको मेकअपको भिडियो यतिखेर सामाजिक सञ्जाल निकै तातेको छ । अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले मोदीको मेकअपको भिडियो शेयर गर्दै मासिक ८० लाख भारतीय रुपैंया खर्च हुने गरेको उल्लेख गरेका छन् । यो भिडियो सन् २०१६ मा बेलायतको राजधानी लन्डनस्थित म्याडम तुसाद म्युजियमले तयार पारेको हो । म्युजियममा विश्वका प्रभावशाली नेताहरुको प्रतिमा राख्ने गर्छ । यसैका लागि मोदीको प्रतिमा बनाउने तयारीका क्रममा यो भिडियो बनाइएको थियो । म्युजियमले त्यसैबेला यो भिडियो युट्युबमा राखेको थियो । मोदीको मेकअपमा कति खर्च हुन्छ भन्ने विषयमा पनि आरटीआइ परेको नपाइएको बिबिसी हिन्दीले जनाएको छ ।


प्रकाशित | २९ बैशाख २०७६, आईतवार ०६:३०