सुजुकी स्कुटरको ब्राण्ड एम्बेस्डरमा पूर्व मिस नेपाल श्रृंखला खतिवडा

काठमाडौं: सुजुकी स्कुटरको ब्राण्ड एम्बेस्डरमा श्रृंखला खतिवडा अनुबन्धित हुनुभएको छ । सुजुकीले आफ्नो स्कुटर ब्राण्ड बर्गम्यान, एक्सेस र लेट्सले बजार प्रवद्र्धनका साथै जनमानसमा ब्राण्डप्रतिको विश्वासलाई अझ उचाईमा पुर्याउन सक्ने विश्वासका साथ श्रृंखला खतिवडालाई अनुबन्धन गरेको जनाएको छ । सुजुकीको लागि नेपाल अधिराज्यभरको आधिकारिक आयातकर्ता तथा बिक्रेता भि.जी. अटोमोबाइल्सले आफ्नो स्कुटर रेन्ज (बर्गम्यान, एक्सेस र लेट्स) को लागि मिस नेपाल २०१८ श्रृंखला खतिवडालाई व्राण्ड एम्बेसडरको लागि अनुबन्धित गरेको हो ।


प्रकाशित | २९ जेष्ठ २०७६, बुधबार १८:०३