नेपाल अन्तरीक्ष युगमा प्रवेश : प्रधानमन्त्री ओली

काठमाडौं : नेपालको पहिलो भू–उपग्रह पहिलो पटक प्रक्षेपण भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अन्तरीक्ष युगमा प्रवेश गरेको बताउनुभएको छ । ट्वीटमार्फत सम्बद्ध पक्ष सबैलाई बधाई दिर्दै प्रधानमन्त्रै ओलीले नेपाल अन्तरीक्ष युगमा प्रवेश गरेको प्रतिक्रिया जनाउनुभयो ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै भन्नुभएको छ, ‘आज बिहान २ः३० बजे नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ प्रक्षेपण भएको छ । योसँगै नेपाल पनि सेटलाईट प्रक्षेपण गर्ने मुलुकहरुको सूचीमा जोडिएको छ’ उहाँले लेख्नुभएको छ, ‘यसको निर्माणदेखि प्रक्षेपणसम्म, मुलुकको श्रीबृद्धिमा संलग्न सबै वैज्ञानिक तथा नास्ट सहितका सबै निकायहरुलाई बधाई ज्ञापन गर्दछु ।’

नेपालको पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट अर्थात् भूउपग्रह केहीबेरअघि अमेरिकाबाट प्रक्षेपण गरिएको अमेरिकी अन्तरिक्ष गरिएको हो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका अनुसार नेपालको भू उपग्रह नेपाली समय अनुसार बिहीवार बिहान २.३५ बजे भर्जिनिया राज्यको तटस्थित प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा प्रक्षेपण गरिएको हो। त्यहाँ अमेरिकी हवाई तथा अन्तरिक्ष निकाय नासाको वालोप्स उडान केन्द्र रहेको छ।

नेपालीस्याट १ नाम दिइएको नेपाली भू उपग्रहलाई एन्टारेस् नामक वायुयानभित्र रहने सिग्नस् कार्गो विमानमा राखिएको छ। त्यो केही समयपछि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस ) मा पुग्नेछ।


प्रकाशित | ५ बैशाख २०७६, बिहीबार १०:२६