सुनको भाउ एक लाख नाघ्यो, एक लाख एक हजार ४ सय रुपैयाँमा कारोबार

काठमाण्डौ – आज सुनको भाउ तोलाको एक लाख रुपैयाँ नाघेको छ । तोलामा १६ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख एक हजार ४ सय रुपैयाँमा कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ प्रति औंस ४० डलरले बढेको छ ।

यस्तै हिजो र अस्ति स्थिर रहेको चाँदीको भाउ आज तोलामा ६५ रुपैयाँ बढेको छ । चाँदी आज तोलाको १२ सय ९५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ता आर्कषीत भएको र सुनको उत्पादनमा कमी आएको तथा ठूला देशबीच द्वन्द्व बढेनुका साथै कोरोना सङ्क्रमणका कारण अस्थिरता बढेकाले सुनको भाउ निरन्तर बढिरहेको हो ।


प्रकाशित | २१ श्रावण २०७७, बुधबार ११:५०