स्वयम्भुमा गोली चल्यो, एक जना घाइते

काठमाडौं : काठमाडौंको स्वयम्भुमा गोली चलेको छ । गोली चल्दा एक जना घाइते भएका छन् । अपराधी समाउने क्रममा मुठभेड हुँदा महानगरीय अपराध महाशाखाको टोलीले चलाएको गोली लागेर १ जना घाइते भएका हुन् । गोली लागेर घाइते हुनेमा लोप्साङ लामा भन्ने मिलन तामाङ रहेको अपराध महाशाखाले जनाएको छ ।

तामाङलाई पक्राउ गर्न खोज्दा भाग्न खोजेका कारण गोली प्रहार गरिएको प्रहरीले जनाएको छ । महाशाखाको टोलीले चलाएको गोली उनको घुँडामुनि लागेको र उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ। मिलनले रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्षलाई धम्क्याएर २ करोड फिरौती मागेपछि उनको खोजी भइरहेको थियो। महाशाखको टोलीले मिलनसँगै रहेका अमृत तामाङलाइ नियन्त्रणमा लिएको छ।


प्रकाशित | २४ श्रावण २०७६, शुक्रबार १२:५१