लगानी बोर्डको सीईओमा सुशील भट्ट नियुक्त

काठमाण्डौ – सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील भट्टलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सीईओमा भट्टलाई नियुक्त गरेको हो ।

भट्ट अहिले राष्ट्रिय योजना आयोगको सदस्य हुनुहुन्छ । लगानी बोर्डमा उहाँको कार्यकाल चार वर्षको हुनेछ । बोर्डका सीईओ नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएपछि यो पद खाली रहेको थियो ।

बोर्डले आवेदन माग गरेको थियो । विभिन्न क्षेत्रका १२ जनाले आवेदन दिए पनि सरकारले सुशील भट्टलाई नियुक्त गरेको हो ।


प्रकाशित | १९ श्रावण २०७७, सोमबार १९:४५