नेपालमा थप २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – नेपालमा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ८६१ जनाको नमुना परिक्षण गरिएको थियो ।

त्यस्तै, आइतबार थप १११ जना डिस्चार्ज भएका छन् । १४ हजार ६ सय ३ जना अहिलेसम्म डिस्चार्ज भएका छन् ।

आइतबार उपत्यकामा थप ३१ जनामा संक्रमण पुष्टि भएको छ । प्रवक्ता गौतमका अनुसार काठमाडौंमा २२, ललितपुर ८ र भक्तपुरका १ जनामा संक्रमण देखिएको हो ।


प्रकाशित | १८ श्रावण २०७७, आईतवार १६:३१