पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाण्डौ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरेको हो । यस्तै डिजल र मट्टीतेलमा प्रतिलिटर १ दशमलव ५० रुपैयाँ ले वृद्धि गरेको छ ।

यसअघि पेट्रोल प्रतिलिटर १०२ रुपैयाँ रहेकामा अब भने १०४ रुपैयाँ पुगेको छ । यस्तै डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ ५० पैसा रहेकामा अब बढेर ९० रुपैयाँ पुगेको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य केही बढेर आएकाले मूल्यमा केही वृद्धि गरिएको बताउनुभयो ।


प्रकाशित | १७ श्रावण २०७७, शनिबार २०:४०