सम्पर्कविहिन विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो

काठमाडौँ । हराइरहेको ताराको ट्विनअटर भेटिएको नेपाली सेनाले जनाएको छ । जोमसोमबाट नेपाली सेनाको टोली हेलिकोप्टरमार्फत सम्भावित क्षेत्रमा ट्विवनअटर खोज्‍न गइरहेको बेलामा खोजी तथा उद्धार टोलीले विमान दुर्घटनास्थल फेला पारेका हुन् । यसबारेमा थप विवरण आउन बाँकी छ ।

आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको टुइनअटर खोज्‍न सोमबार बिहानदेखि नेपाली सेना र प्रहरीको टोली प्ररिचालित भएका थिए ।


प्रकाशित | १६ जेष्ठ २०७९, सोमबार ०८:००